विज्ञापन

बाँदर धपाउन कर्मचारी नियुक्ति गर्ने निर्णय, कानुन मन्त्रीसँग कानुन बनाउन माग

विज्ञापन
Image
विज्ञापन

१३ चैत
पर्वत ।
पर्वतको महाशिला गाउँका स्थानीय बासीले कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँग बाँदर नियन्त्रणका लागि कानुन निर्माण गरिदिन माग गरेका छन् ।

मतदातासँग जनसंवाद कार्यक्रम सञ्चालनका लागि उपस्थित मन्त्रीसँग उनीहरूले बाँदर आतङ्कका कारण गाउँ बस्ती विस्थापित भएको गुनासो गरे ।

‘‘कि बस्ती स्थानान्तरण गर्नुपर्‍यो कि त जनतालाई बस्ने वातावरण बनाई दिनपर्‍यो’’ महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी भुसालले मन्त्रीसँग गुनासो गरिन्,‘‘पहिला बाँदर लखेट्ने जनतालाई अहिले बाँदरले लखेट्न थाल्यो । हामी गाउँमा बसिसक्ने अवस्था भएन ।’

महाशिला गाउँपालिकाका पूर्वअध्यक्ष राजु पौडेलले आफू गाउँपालिका अध्यक्ष हुँदा बाँदर समातेर निकुञ्ज पठाउन खोज्दा अवरोध भएकाले तत्काल कानुन बनाएर दिगो समाधान खोज्न आग्रह गरे ।

उनले भने,‘स्थानीय जीवन उच्चै ठकुरीले पहिला बाँदरले बालीनालीमा क्षति पुर्‍याउँदै आएको तर अहिले मान्छेलाई आक्रमण गर्न थालेपछि घर छाडेर नै हिँड्नुपर्ने बाध्यता आइलाग्यो ।’

गण्डकी प्रदेशसभा सदस्य मित्रलाल बस्यालले बाँदर देशभरको समस्या बनेको बताए ।

केही वर्ष पहिले महाशिला गाउँपालिकाले बाँदर नियन्त्रण भन्दै बाँदर समात्ने काम गरेको थियो । २५ लाख रकम विनियोजन गरेर बाँदर नियन्त्रणको कार्य योजना बनाएको महाशिला उक्त काममा सफलता प्राप्त भएन ।

अहिले पैयुँ गाउँपालिकाले बाँदर धपाउने कर्मचारी नै नियुक्ति गर्ने निर्णय गाउँ सभाबाट गरेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन