२१ चैत, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने भएको छ ।

राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचनको मिति घोषणा गरेका हुन् ।

१५ चैतमा राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएपछि उक्त पद रिक्त छ ।

सत्ता गठबन्धन परिवर्तन भएपछि राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिएको छ । सो सहमति अनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0