३ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष ओलीले बजेटप्रति पोखेको असन्तुष्टिमा सत्यता नभएको बताएका छन् । चितवनमा पत्रकारहरुले ओलीले बजेटप्रति राखेको धारणाबारे प्रधामन्त्रीलाई प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले केपी शर्मा ओलीले सरकारको बजेटमाथि असन्तुष्टि जनाएको ‘जस्तो’मात्रै गरेको प्रतिक्रिया दिए ।

‘उहाँले विरोधजस्तोमात्रै गर्नुभएको हो । साँच्चै गर्‍या होइन’, उनले भने । उनले हालको सत्ता समीकरण लामो समयसम्म जाने भएकाले कुनै समस्या नभएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0