१४ असार, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नागार्जुन नगरपालिका–६ खरिबोटका पूर्ण दर्नाल रहेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार आज बिहान करिब साढे २ बजे बागमती प्रदेश ०२७ च ०४९१ नम्बरको कार छमछमे खोलाको कलभर्टबाट तल खसेको थियो ।

बिहान साढे ५ बजेमात्र घटनास्थलबाट दर्नालको उद्धार भएको थियो । उनलाई उपचारका लागि मनमोहन मेमोरियल अस्पताल लगिएकोमा बिहान पौने ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0