२ साउन, विराटनगर । प्राकृतिक विपदका कारण कोशी प्रदेशमा ७७ जनाको मृत्यु भएको छ ।

पछिल्लो एक वर्ष (आर्थिक वर्ष २०८०-८१)मा प्रदेशका १४ जिल्लामा भएका दुई हजार ८६८ विपद्का घटनामा परी ७७ जनाको मृत्यु भएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बाढी, पहिरो, चट्याङ, आगलागी, हावाहुरी र जंगली जनावरको आक्रमणमा परेर ७७ जनाको मृत्यु हुँदा २७७ जना घाइते भएका छन् ।

प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार एक वर्षमा एक हजार ७३१ स्थानमा आगलागी भएको छ ।

४९६ स्थानमा पहिरो, २५३ स्थानमा जंगली जनावरको आक्रमण, १८४ हावाहुरी, ११७ स्थानमा बाढी र ८७ स्थानमा चट्याङले मानवीय क्षति पुर्‍याएको छ ।

प्रहरीका अनुसार बाढीका कारण २२ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् ।
आगलागीमा परेर २०, चट्याङका कारण १३, जंगली जनावरको आक्रमणबाट १३ जनाको मृत्यु भएको छ । पहिरोमा परी ९ जनाको मृत्यु भएको छ ।

पहिरोमा परेर २०, चट्याङले लागेर ३६, आगलागीमा परी १३४, हावाहुरीका कारण ६ तथा जंगली जनावरको आक्रमणबाट ५७ जना घाइते भएको तथ्यांक प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको छ ।

विपद्का कारण दुई हजार २७४ घर प्रभावित भएका छन् । विभिन्न विपद्मा परेर ७ हजार ९०८ वटा चौपाया मरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0