८ साउन, चितवन । चितवनमा एउटा पोथी गैंडा मृत फेला परेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर २६ भगेडी भन्ने स्थानमा एक सिङ्गे पोथी गैंडा मृत फेला परेको हो । एक व्यक्तिको मकै बारीमा २० वर्षको पोथी गैंडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

गैंडाको मृत्युको कारण खुलिसकेको छैन । चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेका छन् ।

चालु आर्थिक वर्षमा गैंडाको यो पहिलो मृत्यु हो ।

गत आर्थिक वर्षमा चितवनमा २१ वटा गैंडाको मृत्यु भएको थियो । १८ वटा कालगतीले र दुई वटा चोरी शिकारीले मृत्यु भएको थियो । एउटा गैंडाको मृत्युको कारण भने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0