काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रेस स्वतन्त्रताको सीमा निर्धारण हुनुपर्ने बताएका छन् । मंगलबारको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री गुरुङले सीमा भित्र रहेर प्रेस र न्यायपालिकाले कार्य सम्पादन गर्नुपर्ने बताए । उनले सीमा भन्दा बाहिर केहि नरहेको भन्दै लोकतन्त्रको पनि सीमा रहेको बताए । उनले आवश्यक भन्दा बढी लोकतन्त्रको उपयोग गर्दा अराजकता जन्मने बताए । प्रेसलाई छुनै हुँदैन भन्ने धारणाले विधेयक निर्माण गर्न नहुने बताए ।

मन्त्री गुरुङले प्रेस स्वतन्त्रता सँगै मर्यादित पनि हुनुपर्ने बताए ।

समितिको बैठकमा बोल्दै नेपाली कांग्रेस राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले वर्तमान संविधानले पूर्ण प्रेस स्वतन्त्रता दिएको भन्दै प्रेस स्वतन्त्रतालाई थिच्ने नभई प्रोत्साहन गर्नेगरी विधेयक आउनुपर्ने बताए । उनले सरकारको तर्फबाट मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा आधिकारिक धारणा आएपछि मात्रै दफावार छलफल गर्न सुझाव दिए ।

समितिको बैठकमा नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले प्रेस स्वतन्त्रताको अधिकार नियन्त्रण र कमजोर गर्नेगरी विधेयक ल्याउन नहुने बताए । उनले सरकारले आफ्नो तर्फबाट विधेयकबारे आधिकारिक धारणा आएपछि मात्रै दफावार छलफल गर्न उचित हुने बताए ।

विधायन व्यवस्थापन समितिमा मंगलबार मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0