११ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २० करोडको सीमा खारेज भएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत संस्थाहरुका लागि सेयर धितो कर्जाको सीमा हटाएको हो । यद्यपि व्यक्तिगत कर्जाको सीमाका सम्बन्धमा भने कुनै नयाँ व्यवस्था गरिएन । हाल व्यक्तिका हकमा सेयर धितो कर्जाको सीमा १५ करोड रुपैयाँ छ ।

सेयर लगानीकर्ताहरुले व्यक्तिगत सेयर धितो कर्जाको सीमा पनि बढाउन माग गरेका थिए । तर राष्ट्रबैंकले यसमा कुनै सम्बाेधन गरेन । यसका अतिरिरक्त ५० लाखभन्दा माथिको सेयर धितो कर्जाकाे जाेखिम भार १ सय २५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा ल्याउने अपेक्षाा पनि बजारले गरेको थियो । यस विषयमा पनि मौद्रिक नीतिमा कुनै फेरबदल गरिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0