१५ साउन, घोराही- दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक जना फलफूल व्यापारीको मृत्यु भएको छ । मंगलबार विहानको समयमा पश्चिमबाट पुर्व तर्फ गईरहेको सु.प. प्र ००१ ख २७७९ नम्बरको ट्रकले भालुवाङ पुल्चोकको तिनकुने चोकमा बाटो क्रस गरिरहेका व्यापारीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोकमा फलफूल पसल गर्दै आएका ५० वर्षिय लोकप्रसाद भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक अमर बहादुर माझीले जानकारी दिएका छन् । उनको घटना स्थलमै मृत्यु भएको हो ।

मृतकका आफन्तले दोषीलाई कारवाही र मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग राखि अहिले पुर्व(पश्चिम राजमार्ग बन्द गरेका छन् । अहिले भालुवाङको तनावग्रस्त रहेको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0