१६ साउन, काठमाडौं । मध्यराति आएको बाढीले भोजपुरको इर्खुवा खोला जलविद्युत आयोजनामा कार्यरत २ जना मजदुर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू छन् ।

जिल्ला प्रशासन कार्यालय भोजपुरका सूचना अधिकारी बस्नेतका अनुसार राति करिब १ बजेतिर खोलामा आएको बाढीले ३ जनालाई बगाएको थियो । त्यसमध्ये एकजना भने बच्न सफल हुँदा २ जना सम्पर्कविहीन भएका हुन् । ‘घटनास्थलमा टोली परिचालन भइसकेको छ । थप विवरण आउन बाँकी छ’, उनले भने ।

बाढीमा बगेर घाइते भएका २६ वर्षीय राम किसन थारूको उपचार भइरहेको प्रशासनले जनाएको छ । बाढीले केही घरमा पनि क्षति पुर्‍याएको बस्नेतले जानकारी दिएका छन् । ‘बाढीले कति क्षति पुर्‍याएको छ भन्नेबारे बुझ्ने काम भइरहेको छ, एकिन भइसकेको छैन’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0