४ भदौ, काठमाडौं साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत आज समूह ए मा रहेका बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ ।

आज नेपालको खेल नरहे पनि नेपालको नजर भने यस खेल हुनेछ । किनभने नेपालले पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो । आज आफूअनकुल नतिजा आए नेपाल एक खेलअघि नै सेमिफाइनल पुग्नेछ ।

पहिलो खेलमा श्रीलंकालाई १-० ले पराजित गरेको नेपालको ३ अंक छ । बंगलादेश आफ्नो पहिलो खेल खेल्दैछ । यदि आज बंगलादेशले श्रीलंकालाई पराजित गरेका नेपाल र बंगलादेश अन्तिम खेलअघि नै सेमिफाइनल पुग्नेछ । जसले गर्दा नेपाललाई अन्तिम खेल खेल्न अझ सहज हुनेछ ।

यदि आज श्रीलंकाले बंगलादेशलाई पराजित गरेमा भने समूह चरण रोमाञ्चक हुनेछ ।

बंगलादेश र श्रीलंकाबीचको खेल दिउँसो ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।

६ टोली सहभागी च्याम्पियनसिपमा तीन-तीन टोलीको दुई समूह बनाएर खेलाइएको छ । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0