७ भदौ, काठमाडौं । दुई पटकसम्म मात्र प्रधानमन्त्री बन्न पाउने नीतिगत व्यवस्था प्रस्ताव गरेका महामन्त्री विश्वप्रकाश शर्माको कांग्रेस केन्द्रीय समिति बैठकमा आलोचना भएको छ । आलोचकका अनुसार यस्तो नीति अलोकतान्त्रिक हुन्छ ।

आजको केन्द्रीय समिति बैठकमा धारणा राख्दै नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्री विश्वप्रकाशको आलोचना गर्दै भने, ‘प्रधानमन्त्री दुईपटक मात्र बन्न पाउने गरी विश्वप्रकाशजीले ल्याएको प्रस्तावलाई पार्टीले नीति बनाउने हो भने त्यो अलोकतान्त्रिक हुन्छ । जनताले चाहँदासम्म प्रधानमन्त्री बन्न पाउनुपर्छ ।’

कांग्रेस बैठकमा महामन्त्री शर्माले पेश गरेको राजनीतिक प्रस्तावमा राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद चार पटकभन्दा बढी हुन नपाउने उल्लेख छ ।

संविधानमा राष्ट्रपति दुई कार्यकालसम्म हुन पाउने व्यवस्था छ । तर विश्वप्रकाशले ल्याएको प्रस्ताव संविधानको व्यवस्थाभन्दा विपरीत भएको भन्दै आलोचना भइरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0