७ भदौ, काठमाडौं । मुस्ताङमा हिमपहिरोले बोक्सीखोला थुनिएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीका अनुसार बोक्सीखोला कालीगण्डकीमा मिसिने खोला हो ।

शुक्रबार दिउँसो थासाङ गाउँपालिकामा हिँउको ढिस्को खस्दा यो खोला थुनिएको हो । ‘सीडीओ सहितको टोली पुगेको छ’, उनले अनलाइनखबरसँग भने, ‘विस्तारै खोला बग्न थालेको छ । ठूलो मानवीय क्षति नहोला । तर सतर्क रहनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0