बुटवल । नेपाल बिद्यार्थी संघका बिद्यार्थीहरुको भेलाले नेपाल बिद्यार्थी संघ अर्घाखाँची- रुपन्देही सम्पर्क समितिको संयोजकमा रमेश पाण्डे लाइ तोकेको छ । आज बसेको विद्यार्थीहरुको भेलाले समितिको संयोजक तोकेको पुर्व विद्यार्थी नेता अर्जुन खनालले जानकारी दिएका छन ।

उनका अनुसार मिति २०८१ असोज १२ सनिवार अधिवेशन गर्नेगरी सम्पर्क समितिका अध्यक्ष रमेश पाण्डे (वरिष्ठ) लाई संयोजक, नारायण घिमिरे (भावुक), उमेश पछाइ, राकेश पाण्डे, हरि घिमिरे, किशोर खनाल र संदिप पुन मगर लाई सदस्य तोक्दै अधिवेशन समिती गठन भएको थियो ।

नेपाल बिद्यार्थी संघ अर्घाखाँची-रुपन्देही सम्पर्क समितीका अध्यक्ष ठाकुर घिमिरेको अध्यक्षतामा सुरु भएको भेलामा ने.बि.संघ पुर्व केन्द्रिय सदस्य टंक पाण्डे, ने.बि.संघ केन्द्रिय सदस्य प्रदिप घर्ती मगर, ने.बि.संघ केन्द्रिय
सदस्य बिकास पाण्डे, ने.बि.संघ अर्घाखाँची जिल्ला अध्यक्ष कृष्ण भुषाल, नेपाल प्रेस युनियन केन्द्रिय लेखा समिति सदस्य घनश्याम पौडेल विद्यार्थी नेताहरू ॐहरी आचार्य, ऋषि पन्थी, विश्वमणी भुषाल, रमेश श्रेष्ठ, कृष्ण खनाल, विष्णु के.सि. लगायतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0