१० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका-१०, शंखमूलमा एक पुरुषको हत्या भएको छ । आइतबार राति शंखमूलस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा रुपक बान्तवाको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

बान्तवाको शरीरमा घाउचोटका निशान रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0