१२ भदौ, काठमाडौं । एएफसी वुमन्स च्याम्पियन्स लिग प्रारम्भिक चरणको दोस्रो खेलमा नेपालको एपीएफ क्लबले आज लेसिया क्लब सबाहसँग खेल्दैछ ।

समूह सी रहेका एपीएफ र सबाहबीचको खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे कोताकिनाबालुस्थित लिसाका स्टेडियममा हुनेछ ।

घरेलु मैदान भएकोले सबाहका लागि फाइदा पुग्न सक्छ ।

यसअघि एपीएफ पहिलो खेलमा उज्वेकिस्तानी टोली नासाफसँग १-० ले पराजित भएको थियो ।

समूह विजेता मात्र अन्तिम चरणमा पुग्ने भएकोले एपीएफले त्यो सम्भावना कायम राख्न सबाहलाई हराउनैपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0