१३ भदौ, काठमाडौं । धनुषा, दोलखा र सिन्धुपाल्चोक आसपासका क्षेत्रमा मेघगर्जन सहितको बादल विकसित भएको छ । यो बादल पश्चिम दिशामा सर्ने क्रममा छ ।

यो बादलका कारण चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ । त्यसको प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0