काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) पार्टीमा ८४ सदस्यीय पोलिटब्युरो कमिटी निर्वाचित भएको छ ।  पदाधिकारी र पोलिटब्युरो कमिटी सदस्य चयनका निम्ति गरेको निर्वाचनको परिणाम सार्वजनिक गरिएको हो ।
पदाधिकारीको मतपरिणाम बुधबार आएको थियो । बिहीबार पोलिटब्युरो सदस्यको परिणाम सार्वजनिक गरिएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

पोलिटब्युरो सदस्यहरूमध्ये विरोध खतिवडाले सबैभन्दा बढी २०१ मत प्राप्त गरेका छन् । यस्तै जीवनराम श्रेष्ठ १९५ र रमा आलेमगरले १९४ मत पाएका छन् भने रामकुमारी झाँक्रीले १८२ पाएकी छिन् ।
झाँक्री महिला उपाध्यक्षमा भने पराजित भएकी थिइन् । विद्यार्थी नेता सुदेश पराजुली पनि १५७ मतसहित पोलिटब्युरो सदस्यमा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0