१३ भदौ, काठमाडौं। शहरी विकास मन्त्रालयमा सहसचिव (सुपरिटेन्डेन्ट इन्जिनियर)हरूको जिम्मेवारी फेरिएको छ ।

शहरी विकास मन्त्री प्रकाशमान सिंहले सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा मचाकाजी महर्जनलाई जिम्मेवारी दिएका छन् ।

विशेष भवन निर्माण आयोजनाका प्रमुख रहेका महर्जनले विभागीय प्रमुख नियुक्त भएका हुन् ।

विशेष भवन निर्माण आयोजनाको प्रमुखमा सुनिल ठाकुर आएका छन् । ठाकुर भवन प्रविधि तथा अनुसन्धान तामिल केन्द्रका प्रमुख थिए ।

तामिल केन्द्रमा भवन निर्माण विभागका महानिर्देशक रहेका कुमारप्रसाद घिमिरेलाई पठाइएको छ ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजना प्रमुख रहेका कोषनाथ अधिकारीलाई पनि विभागको उपमहानिर्देशकको थप जिम्मेवारी तोकिएको छ ।

एकीकृत बाग्मती सभ्यता विकास समितिका कार्यकारी निर्देशक रवीन्द्र बोहोरा भवन विभागको उपमहानिर्देशक बनेका छन्। बाग्मती सभ्यतामा नारायण भण्डारी कार्यकारी निर्देशकका रुपमा सरुवा भएका छन् । भण्डारी यसअघि विभागमा उपमहानिर्देशक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0