१३ भदौ, काठमाडौं । सप्तरीमा जंगली बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहितका व्यक्तिमाथि छानबिन अघि बढाइएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह योगिनायाँ कोशी पलार क्षेत्रमा जंगली बँदेल मारेको आरोपमा प्रहरीले छानबिन सुरु गरेको हो । प्रहरी स्रोतका अनुसार पूर्वडीआईजी ज्ञानविक्रम शाहसहितका करिब एक दर्जन व्यक्तिमाथि प्रहरीले छानबिन अघि बढाएको छ ।

उनीहरुले भने खेतबारीमा बाली खान आएका बेला बँदेल मारेको बताएका छन् । नेपाल सरकारले ७ मंसिर २०८० मा हानिकार वन्यजन्तु भनेर बँदेललाई घोषणा गरेको थियो ।

जसअनुसार बाली खान आएको बेला खेतबारीमै मार्न सकिने तर मारेको बँदेल जनप्रतिनिधिको रोहबरमा गाड्न वा मूल्य तोकी मासु बिक्रि वितरण गर्न समेत सकिने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0