१४ भदौ, काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले भुइँमाछेलाई केन्द्रमा राखेर श्रम सम्बन्धी नीति निर्माण गर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा भएको ‘नेपालले द्विपक्षीय श्रम समझदारी गर्दा न्यूनतम मापदण्ड निर्माण’गर्ने सम्बन्धमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले श्रम सम्बन्धी नीति निर्माण गर्दा भुइमान्छेको विषयलाई ध्यान दिने बताएका हुन् ।

त्यस्तै उनले गन्तव्य मुलुकको आर्थिक उन्नतिमा प्रत्यक्ष योगदान गरेको श्रमिकको हक हितलाई पनि गन्तव्य मुलुकले ध्यान दिनु पर्नेमा जोड दिए। उनले नेपाली श्रमिकले जुनकुसै मुलुकमा भए पनि अन्तराष्ट्रिय मानव अधिकार प्राप्त गर्नुपर्नेमा जोड दिए ।

साथै उनले नेपालको कानुनले श्रमिकको हक र अधिकार प्राप्तिमा वाधक भएमा त्यस्ता कानुनहरु परिमार्जनमा मन्त्रालयले तयार भएको पनि बताए ।

कार्यक्रममा नेपालको लागि जर्मन राजदुत, आइ.ओ.एमको चिफ अफ मिसन, नेपालमा रहेका विभिन्न देशका राजदूतावासका प्रतिनिधिलगायत वैदेशिक रोजगारीमा प्रत्यक्ष सरोकार राख्ने व्यक्ति तथा संस्थाको प्रतिनिधिसँग छलफल गरी मन्त्रालयलाई सुझाव गर्ने गरिने छ । @अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0