काठमाडौँ । नेपाली कांग्रेसका लागि संवाद केन्द्रले विभिन्न विधाका पाँच जना महिलालाई सम्मान गरेको छ । राजधानीमा आयोजित महिला सम्मान एवं दर खाने कार्यक्रममा राजनीतिक क्षेत्रबाट राष्ट्रियसभा सदस्य बिष्णुदेवी पुडासैनी, कला संस्कृति एवं गायनमा वरिष्ठ गायिका कुन्ती मोक्तान, साहित्यतर्फ साहित्यकार सन्ध्या पहाडी, समाजसेवातर्फ आमाविहीनहरुकी आमा जुनु पुनमगर र खेलकुदतर्फ नेपाली महिला क्रिकेट टिमकी राष्ट्रिय कप्तान इन्दु बर्मालाई सम्मान गरिएको हो ।

नेपाली कांग्रेसका नेता एवं पर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले उनीहरुलाई सम्मान पत्र प्रदान गरे । त्यस अवसरमा सिटौलाले देशका निम्ति कीर्ति राख्ने नेपालका गहनाहरुलाइ हौसला बढाउन जरुरी रहेकाले राजनीतिक दलहरुले पनि आफ्नो कार्ययोजनामा यो विषय समावेश गर्नुपर्नेमा जोड दिए ।

कांग्रेसका युवा नेता बलदेव तिमल्सिनाले केन्द्रमार्फत नेपालमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गर्न पाएकोमा खुसी लागेको भन्दै भविष्यमा पनि यसखाले गतिविधि गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0