काठमाडौँ । सरकारले तीन महावाणिज्यदूतावासमा महावाणिज्यदूत नियुक्त गरेको छ । मन्त्रिपरिषद्को भदौ १३ गते बसेको बैठकले चीनको ग्वान्जाउ र ल्हासा तथा भारतको कोलकाताका लागि महावाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको हो ।

महावाणिज्यदूतमा नियुक्त हुनेहरूमा सहसचिवहरू झक्कप्रसाद आचार्य, भरत खनाल र लक्ष्मीप्रसाद निरौला छन् । खनाल ग्वान्जाउमा, आचार्य कोलकाता र निरौला ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । @रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0