बारा — बाराको सिम्रौनगढ- तामागढी सडक खण्डको पडरी गाउँमा पिकअप भ्याननले ठक्कर दिँदा आइतबार एक जनाको मृत्यु भएको छ । रौतहटको मौलापुर नगरपालिका-८ सोनरनियाँ गाउँका ५५ वर्षीय अधिकारी यादवको भ्यानको ठक्करबाट मृत्यु भएको हो ।

पिकअप भ्यानले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

साइकलमा तरकारी लिएर जाँदै गरेका यादवलाई कोल्हवीबाट सिम्रौनगढ तर्फ जाँदै गरेको प्रदेश २-०१-४९२० नम्बरको पिकअप भ्यानले ठक्कर दिएपछि घटनास्थलमै मृत्यु भएको कोल्हवी इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक लालु यादवले बताए ।

पिकअप भ्यान र त्यसमा सवार २ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । पिकअपमा सवार कोल्हवी-१ का साजन चौधरी र प्रिन्स जयसवाल नियन्त्रणमा रहेका छन् । उनीहरू दुवैले बयानका क्रममा पिकअप भ्यान चलाएकाबारे एक अर्कालाई दोष लगाइरहेको प्रहरीको भनाइ छ । सवारी चालक अनुमतिपत्र भने साजनसित रहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0