१६ भदौ, काठमाडौं । डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरले राजदूत सिफारिस हुनु अगाडि नै गैर सरकारी संस्था बालमजदुर सरोकार केन्द्र (सिबिन) को सबै पदबाट राजीनामा दिइसकेको बताएकी छन् ।

संसदीय सुनुवाइ समितिको आइतबार बसेको बैठकमा सांसदहरुले प्रस्तावित राजदूत तुलाधरसँग सिबिनसँगको आवद्धतामाथि प्रश्न गरेका थिए ।

जवाफमा तुलाधरले यो प्रश्न अपेक्षित भएको बताइन् । ‘म देशको कानुन र नियम अनुसार नै चल्ने छु’, उनले भनिन्, ‘त्यही भएर सिफारिस हुनु अगाडि नै म जुन संस्थामा संलग्न छु, सबै पदबाट राजीनामा दिइसकेको छु ।’

नागरिक समाज एनजीओमा मात्र सीमित नभएको समेत उनले बताइन् । @अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0