काठमाडौँ । बागमती प्रदेशका डीआईजी विष्णुकुमार केसीसहित नेपाल प्रहरीका ९० जना प्रहरी अधिकृत अवकाशमा गएका छन् । शनिबार रातिबाट ३० वर्षे सेवा अवधि पुरा गरेका अधिकृतहरूलाई आइतबार बिदाइ गरिएको छ ।

३० वर्षे सेवा अवधि विरुद्ध प्रहरीले अधिकृतहरूले सर्वोच्चमा रिट दायर गरेपनि सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता नदिँदा एकैपटक ठुलो सङ्ख्या अधिकृतहरू अवकाशमा गएका हुन् । भदौ ६ मा न्यायाधीश हरि फुयाँलले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न दिएको आदेश न्यायाधीश विनोद शर्मा र शारङ्गा सुवेदीले खारेज गरेका थिए ।

२०५१ भदौ १६ मा प्रहरीमा प्रवेश गरेर अवकाशमा जानेमा डीआईजी विष्णुकुमार केसी र ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) छन् । अवकाशमा भएका एसएसपीहरूमा दिनेशराज मैनाली, बेलबहादुर पाण्डे, रवि पौडेल, जीवन श्रेष्ठ, किसनसिंह थापा, रेवती ढकाल, चन्द्रदेव राई, नवीन राई, रवीन्द्र रेग्मी, दिल्लीराज विष्ट र वीरबहादुर ओली छन् ।

प्रहरी उपरीक्षक (एसपी)हरू अवदेश विष्ट, कृष्ण प्रसाईं र हिराबहादुर पाण्डेसहित अवकाशमा गएका छन् । सशस्त्र प्रहरीका डीआईजीहरु अभि खत्री, दुर्गा भट्टराई र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विश्व भट्टराईसहित १८ जना अवकाशमा गएका छन् । १०५ टोलीमा भर्ना भएर उनीहरू सशस्त्रमा गएका थिए । अवकाश हुनेमा १५ जना डीएसपी छन् ।

नेपाल प्रहरीबाट सशस्त्रमा आएका १८ जना अवकाशमा गएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) कुमार न्यौपानेले बताए । अवकाश भएका अधिकृतहरू ५० देखी ५२ वर्ष उमेर समूहका छन् । @रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0