काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल रुस जाने भएका छन् । अध्यक्ष नेपाल आइतबार राति रुसको एक सहर भ्लादिभोस्तोक जान लागेका हुन् । रुसमा हुने अन्तर्राष्ट्रिय सम्मेलन मल्टी पोलारिटी फोरममा सहभागी हुन अध्यक्ष नेपाल त्यसतर्फ जान लागेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

कार्यक्रमको नेपाल वक्ता रहेको सो पार्टीले जनाएको छ । सेप्टेम्बर ३ देखि ६ सम्म हुने सो कार्यक्रमका लागि अध्यक्ष राति ११ त्यसतर्फ जान लागेको बताइएको छ । @रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0