काठमाडौँ । इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितले विपिन जोशीको रिहाइका लागि भरमग्दुर प्रयत्न गर्ने बताएका छन् । संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना पेस गर्दै उनले जोशीको रिहाइका लागि भरमग्दुर प्रयत्न गरी स्वदेश पठाउने कोसिस गर्ने प्रतिबद्धता जनाएका हुन् ।

‘गत वर्ष भएको द्वन्द्वमा परी १२ जना सुदूरपश्चिम विश्वविद्यालयका कृषि क्षेत्रमा कमाउने र सिक्ने विचारले गएका छात्रछात्रा हमासको आकस्मिक आक्रमणमा मारिएका थिए । एक जना विपिन जोशी अझै पनि हमासको कब्जामा रहेकाले विपिन जोशीको रिहाइका लागि भरमग्दुर प्रयत्न गरी स्वदेश पठाउने कोसिस गर्ने छु’, उनले संसदीय सुनुवाइका क्रममा भने ।

उनले आफूले हालसम्म हासिल गरेका ज्ञान, सिप, क्षमता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवहरूको पूर्ण सदुपयोग गरी नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान एवं समुन्नतिका लागि निरन्तर प्रयत्नशील रहँदै नेपालको बृहत्तर हित प्रवर्द्धनका लागि कटिबद्ध रहने प्रतिबद्धता जनाएका छन् ।

उनले देशलाई विश्वसामु शिर ठाडो पार्ने गरी आफ्ना कामहरू गर्ने पनि प्रतिबद्धता जनाएका छन् । @रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0