१७ भदौ,काठमाडौं । इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितको संसदीय सुनुवाइ सुरु भएको छ ।

संसदीय सुनुवाइ समितिले आजको बैठकमा इजरायलका लागि सिफारिस भएका पण्डितको सुनुवाइ सुरु गरेको हो ।

समितिमा प्रस्तावित राजदूतको कार्ययोजनामाथि छलफल हुनुका साथै सदस्यहरुले प्रश्न गर्नेछन् ।

सरकारले १४ साउनमा १८ देशका लागि राजदूत सिफारिस गरेको थियो । तर, अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत कान्ता रिजालबाहेक १७ देशका प्रस्तावित राजदूतहरुको नाम मात्र समितिमा पुगे छ ।

प्राप्त नामावली अनुसार संसदीय सुनुवाइ समितिले आइतबारदेखि सुनुवाइ सुरु गरेको थियो । @अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0