काठमाडौँ । इजरायलका लागि प्रस्तावित नेपाली राजदूत धनप्रसाद पण्डितको संसदीय सुनुवाइ सुरु भएको छ । सिंहदरबारसिंह संसदीय सुनुवाइ समितिको बैठकमा सुनुवाइ सुरु भएको हो।

समिति बैठकमा उनले आफ्नो कार्ययोजना समेत पेस गरेका छन् । यसअघि आइतबार भारतका लागि प्रस्तावित राजदूत डा शंकर प्रसाद शर्मा, जर्मनीका लागि सुम्निमा तुलाधर, चीनका लागि डा कृष्णप्रसाद ओली र जर्मनीका डा शैल रुपाखेतीको संसदीय सुनुवाइ भएको थियो ।

सरकारले हालै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार समितिले सुनुवाइका लागि १७ जनाको नाममा उजुरी आह्वान गरेको थियो । उजुरीका आह्वानको काम सकिएपछि आइतबारदेखि समितिले सुनुवाइको काम थालेका हो ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0