१८ भदौ, काठमाडौं । केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमालेको पोलिटब्यूरो केही बेरमा बस्दैछ ।

आगामी पार्टी कार्यक्रममाथि छलफल गर्नेगरी दिउँसो १ बजेबाट पोलिटब्यूरो बैठक बोलाइएको छ । तर, आजको पोलिटब्यूरो बैठकबाट प्रदेश अध्यक्षहरु हुनेछैनन् ।

यसअघि पोलिटब्यूरोमा प्रदेश अध्यक्षहरु पदेन सदस्यका रुपमा बस्ने गर्थे । तर गत २२ साउनमा अपानि जारी गरेर प्रदेश अध्यक्षहरुलाई पदेन केन्द्रीय सदस्यको सूचीमा राखिएको थियो ।

त्यही अपानि बमोजिम आजको पोलिटब्यूरो बैठकमा प्रदेश अध्यक्षहरुलाई बोलाइएको छैन ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0