१९ भदौ, काठमाडौं । दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूत कपिल श्रेष्ठले दक्षिण अफ्रिका र नेपाल क्रिकेट संघबीच सम्बन्ध अभिवृद्धि गर्ने ठूलो चाहना रहेको बताएका छन् ।

संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकमा प्रस्तावित राजदूत श्रेष्ठले आफू पुरानो खेलाडी पनि भएको बताए । हालै भएको टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले मात्र हारेको भन्दै उनले भने, ‘नेपालले आज भन्दा १०/१२ वर्ष अगाडि यू–१९ मा हराएको थियो । नेपाल भनेपछि उनीहरुलाई डर लाग्छ ।’

उनले अगाडि भने, ‘त्यसैले म क्रिकेट साउथ अफ्रिका र क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)को बीचमा सम्बन्ध अभिवृद्धि गर्ने ठूलो लालसा मेरो मनमा छ ।’

राजदूत भएर गएमा पहिलो ६ महिना दक्षिण अफ्रिकाको समाज, संस्कृति, साहित्य बुझ्ने बताए । अर्को ६ मध्यकालीन योजनामा सम्झौताहरु गर्ने काम गर्ने र बाँकी कार्यकाललाई दीर्घकालीन योजनामा राखेर काम गर्ने श्रेष्ठले सुनाए ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0