१९ भदौ, काठमाडौं। आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज क्यानडा भ्रमण अघि अन्तिम तयारीलाई श्रीलंकामा गएको नेपालको दोस्रो खेल पनि वर्षाको कारण रद्द भएको छ । श्रीलंका डेभलेप्मेन्टसँग तीन एकदिवसीय अभ्यास खेलको सिरिज खेल्न नेपाल आइतबार त्यसतर्फ लागेको थियो।

मंगलबार पहिलो अभ्यास खेल पनि वर्षाको कारण हुन सकेको थिएन । आज दोस्रो खेल पनि वर्षाको कारण हुन सकेन । नेपालले तेस्रो तथा अन्तिम खेल अव बिहीबार खेल्नेछ ।

नेपाल शनिबारसँग श्रीलंकामा रहेर अभ्यास गर्नेछ । त्यसपछि नेपाली टोली लिग २ खेल्न क्यानडा जानेछ । नेपाल, क्यानडा र ओमानबीच लिग २ मा प्रतिस्पर्धा हुनेछ ।

नेपालले लिग २ मा १६ सेप्टेम्बरमा क्यानडासँग खेल्नेछ । त्यसपछि १८ सेप्टेम्बरमा ओमान, २२ सेप्टेम्बरमा क्यानडा र २४ सेप्टेम्बरमा ओमानसँग खेल्नेछ । त्यसपछि यी तीन टोलीबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ ।
@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0