२० भदौ, काठमाडौं । एक महिनामा तीन कम्पनीका थप सेयरमा लकइन अवधि सकिँदैछ । म्युचुअल फन्ड, संस्थागत लगानीकर्ता, संस्थापक, प्रभावित स्थानीयले होल्ड गरेको तीन कम्पनीका सेयरमा लकइन अवधि सकिन लागेको हो ।

सर्वोत्तम सिमेन्टको भदौ २५ गते संस्थागत तथा म्युचुअल फन्डले होल्ड गरेको सेयरमा लकइन अवधि सकिने भएको छ । संस्थागत तथा म्युचुअल फन्डको होल्डिङमा सर्वसाधारणलाई सेयर बाँडफाँटको ६ महिनासम्म लकइन अवधि रहने व्यवस्था छ । सो बमोजिम सर्वोत्तमको २५ लाख ५४ हजार २२७ कित्ता सेयरमा लकइन अवधि सकिनेछ ।

त्यस्तै साहस ऊर्जाको संस्थापक, स्थानीयबासी र कर्मचारीको सेयरमा असोज १६ गतेपछि लकइन अवधि सकिने भएको छ । सो कम्पनीको २ करोड ८२ लाख १० हजार कित्ता सेयरमा लकइन अवधि सकिन लागेको हो । संस्थापक तथा प्रभावित स्थानीयको सेयरमा सर्वसाधारणलाई बाँडफाँटको तीन वर्षपछि लकइन अवधि सकिने व्यवस्था छ ।

बुद्धभूमि नेपाल हाइड्रोपावरको संस्थापक, आयोजना प्रभावित तथा कर्मचारीको सेयरमा असोज २१ पछि लकइन अवधि सकिने भएको छ । कम्पनीको कुल ३२ लाख १६ हजार कित्ता सेयरमा लकइन अवधि सकिनेछ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0