२० भदौ, काठमाडौं। सुन्दरीजलमा एक युवतीको शव भेटिएको छ। सुन्दरीजलको खोला किनारको चेपमा शव भेटिएको हो ।

शव रहेको भन्ने जानकारी पाएपछि अहिले प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

‘शव रहेको भन्ने जानकारी आएपछि हाम्रो टोली घटनास्थल गगएको छ । अहिलेसम्म शवको पहिचान पनि भएको छैन। घटनास्थल मुचुल्का गरेर शव उठाउने तयारी हुँदैछ,’ एसपी अधिकारीले भने।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0