२३ भदौ, काँक्रेविहार (सुर्खेत) । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका छन् ।

वडाध्यक्ष डम्बरबहादुर महताराका अनुसार उनीहरूको उद्धारक प्रयास भइरहेको छ । तर, सफल नभएको उनले बताए ।

चलाउनेकी छोरी ११ वर्षीया छोरी सम्झनाको भने घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्‍याइएको वडाध्यक्ष महताराले जानकारी दिए ।

@रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0