२३ भदौ, विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली असभ्य भएको आरोप लगाएका छन् । केही दिनअघि प्रधानमन्त्री ओलीले प्रचण्डको अभिव्यक्ति असभ्य भएको बताएका थिए ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग प्रचण्डले प्रधानमन्त्री ओलीले असभ्य कार्य गरेको बताए ।

‘को सभ्य को असभ्य भन्ने कुरा तपाईंहरुले सुनिरहनुभएको छ नि, मैले त प्रतिनिधिसभामा नै भनेको थिएँ यति झुट, बेइमानी अनैतिकता, जालझेलको तरिकाले अपनाउनुभयो नि उहाँले (प्रधानमन्त्रीले) मैले बोलेको के असभ्य भयो र ?’ उनले भने, ‘उहाँले गर्दा असभ्य नहुने, मैले असभ्य गर्नुभयो उहाँले भन्दा असभ्य हुन्छ र ?’

एमाले र कांग्रेसले सरकार बनाएपछि माओवादी केन्द्र पार्टी निर्माणमा जुटेको उनले बताए । ‘हामी सरकार नभइ पार्टी बनाउनेतिर केन्द्रित छौं,’ उनले भने, ‘अहिले माओवादी सरकार बनाउने खेलमा लाग्दैन ।’

उनले अगाडि भने, ‘उहाँहरुले पार्टी पुनःनिर्माण गर्ने राम्रो अवसर दिनुभयो । पार्टी बनाउनेतिर लाग्छौं । सरकार बनाउनेतिर ध्यान छैन ।’

आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरोधी अभियान चलाएकै कारण टिक्न नदिइएको जिकिर दाहालले गरे । दाहालले आफूले नेपाललाई बंगलादेश बनाउने भनेर कहिल्यै नभनेको दाबी गरे । ‘दुईतिहाइ बहुमत छ भनेर सरकारले जेपायो त्यही नगरोस्,’ उनले भने, ‘मैले त अहंकार नगर्नु र जनताकाविरुद्ध नजानु पो भनेको हो । नेपाललाई बंगलादेश बनाउने भनेर भनेकै छैन ।’

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0