२४ भदौ, विराटनगर । आफ्नो नियुक्तिका विषयलाई लिएर संगीना वैद्यले राजीनामा दिएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिम तथा प्रशिक्षण विभागका नवनियुक्त निर्देशक शोभितराज प्रसाईंले अनावश्यक विवादमा तान्न खोजेको जिकिर गरेका छन् ।

उनले युवा तथा खेलकुदमन्त्रीलगायत आफूलाई अनावश्यक विवादमा तान्न खोजेकोसमेत आरोप लगाए । करातेका पूर्वमुख्य प्रशिक्षक शोभित कोशी प्रदेशमा कार्यरत थिए । उनलाई भर्खरै तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा नियुक्त गरिएको थियो ।

उनको नियुक्तिलाई लिएर आपत्ति जनाउँदै तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशक पदबाट संगीना बैधले राजीनामा दिएकी थिइन् । शोभितलाई निर्देशक पदमा नियुक्त गर्ने निर्णय नियमसँगत नभएको भन्दै संगीनाले आपत्ति जनाएकी थिइन् । उनले आफू शोभितभन्दा सिनियर भएको र आफूभन्दा जुनियरलाई निर्देशक बनाउँदा आफ्नो अपमान भएको बताएकी थिइन् ।

तर, शोभितले संगीनाको यो दाबी गलत भएको दाबी गरेका छन् । उनले भने, ‘संगीना खेलाडी हुँदा म कराते प्रशिक्षकमा नियुक्त भइसकेको थिएँ । अझ, खेलाडीको हिसाब गर्ने हो भने उनी मभन्दा धेरै कान्छो पुस्ताकी खेलाडी हुन् ।’

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0