२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाबारे पार्टीको धारणा बनाउन पदाधिकारी र पूर्वपदाधिकारीलाई छलफलमा बोलाएका छन् ।

एक पदाधिकारीका अनुसार बुधबार बिहान देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका छन् ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपसभामुख रानालाई हटाउनेबारे छलफल भएको थियो ।

देउवाले सोही विषयमा पार्टीका नेताहरुको धारणा बुझ्न बैठक बोलाएका एक नेताले बताए ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0