महोत्तरी । नेकपा माओवादी केन्द्र मधेस प्रदेशको परामर्श बैठक महोत्तरीको बर्दिबासमा सुरु भएको छ । बैठकको पहिलो दिन सहभागीहरूले सुझाव दिने क्रम सकिएको छ ।

बैठकमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ४६ जना नेताले सुझाव दिएको माओवादी केन्द्र मधेस प्रदेशले जनाएको छ । सुझाव दिने नेताहरूले पार्टीलाई थप सुदृढ र एकताबद्ध गरेर लैजानुपर्नेमा जोड दिँदै संगठन सुदृढीकरण र जनपरिचालनका ठोस कार्यक्रम तय गर्न सुझाव दिएका छन् ।

बुधबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत केन्द्रीय पदाधिकारीहरूले सम्बोधन गरेपछि बैठक सकिनेछ ।

यसैबिच अध्यक्ष प्रचण्डले बुधबार बिहान रामगोपालपुर नगरपालिका–२ का वडा अध्यक्ष मुकेश यादवको स्मृतिमा आयोजना हुने श्रद्धाञ्जली सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । वडा अध्यक्ष यादवको भदौ ९ गते महोत्तरीको बर्दिबास र औरही नगरपालिकाको सिमानामा शव फेला परेको थियो । घरपरिवार र राजनीतिक दलहरूले उनको हत्या भएको आशंका गर्दै उच्चस्तरीय अनुसन्धान गर्न माग गर्दै आएका छन् ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0