२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक जारी छ । देउवा निवास बूढानीलकण्ठमा पदाधकारी र पूर्वपदाधिकारीको बैठक सुरु भएको छ ।

उपसभामुख इन्दिरा रानाबारे पार्टीको धारणा बनाउनका लागि देउवाले शीर्ष नेताहरूको बैठक बोलाएका हुन् ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपसभामुख रानालाई हटाउनेबारे छलफल भएको थियो ।

देउवाले सोही विषयमा पार्टीका नेताहरुको धारणा बुझ्न बैठक बोलाएको एक नेताले बताए ।

उपसभामुख रानाले आफ्नो लेटरहेड प्रयोग गरी असम्बन्धित मानिसलाई भिसाको लागि अन्तर्वार्ताको मिति मिलाइदिन अमेरिकी दूतावासलाई पत्र लेखेको विषयले विवाद सिर्जना भएको छ ।

प्रतिनिधि सभा बैठकमा यस विषयमा एमाले-कांग्रेसका सांसदहरूले पटक-पटक प्रश्न उठाउने गरेका छन् ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0