२६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले एक वर्षमा ५५ किलोमिटर सडक कालोपत्र गरेको छ ।

महानगरको विभागस्तरीय समीक्षा बैठकमा प्रस्तुत प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ५५ दशमलव ४० किलोमिटर सडक कालोपत्र भएको उल्लेख छ ।

प्रतिवेदन अनुसार एक वर्षमा १० दशमलव ३१ किलोमिटर सडक ढलान भएको छ भने १२ दशमलव २५ किलोमिटर ढल राख्ने काम भएको छ ।

यसैगरी ३२.४७ किलोमिटर सडक पेटीमा ब्लक छाप्ने काम भएको छ भने सम्पदा क्षेत्र र फुटपाथमा १ हजार ७७७ वर्ग मिटर ढुङ्गा छाप्ने काम भएको छ ।

महानगरका अनुसार खोला किनारको ३ दशमलव १८ किलोमिटर क्षेत्रमा रिटेनिङ वाल लगाउने काम भएको छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0