२६ भदौ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले खाली रहेका वन क्षेत्रमा कृषिबाली र फलफूल खेती गर्न मिल्ने निर्णय गर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३औँ साधारणसभा बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका ओलीले वन क्षेत्र भएपनि रुख विरुवा नभएका जग्गामा खेती गर्न दिने व्यवस्था गर्न लागिएको बताए ।

यसले राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान बढेर जाने र देशमा आत्मर्भिरता बढ्ने बताए । उनले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिँदै जीविकोपार्जनका लागि मात्रै गरिने परम्परागत कृषिको निर्भरता हटाउनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले कुन ठाउँमा के बाली लगाउँदा हुन्छ र त्यसको बजार विस्तार कसरी गर्न सकिन्छ भन्ने अध्ययन हुनुपर्ने बताए । सहकारी, सहकार्य र निजी क्षेत्रको सहभागितामा उत्पादकत्व वृद्धि गर्न सकिने उनको भनाइ छ ।

मुलुकको आवश्यकतालाई ध्यान दिएर कृषि वैज्ञानिक, इञ्ञ्जिनियरलगायत दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालयलाई प्रधानमन्त्री ओलीले आग्रह गरे ।

‘उत्पादन नबढेसम्म व्यापार घाटा भइरहन्छ । व्यापार घाटा कम गर्न तथा निर्यात र विप्रेषणका भरमा अर्थतन्त्र चलाउन खोज्ने प्रवृत्तिलाई उल्ट्याउनुपर्छ,’, प्रधानमन्त्री ओलीले भने ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0