२७ भदौ, काठमाडौं । बुधबार उच्च मूल्यमा पुगेको सुन बिहीबार पनि सोही मूल्यमै स्थिर रह्यो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि पनि सुन अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ तय गरेको छ । भदौको कुनै पनि दिन सुनको मूल्य १ लाख ५१ हजार रुपैयाँभन्दा तल झरेन ।

यसले आगामी महिना सुनको मूल्य थप महँगिन सक्ने संकेत गरेको छ । त्यस्तै बिहीबार चाँदीको भाउ प्रतितोला १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १७८० रुपैयाँ चाँदी आज १७९५ रुपैयाँ पुगेको छ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0