काठमाडौँ । बङ्गलादेशबाट फर्किएका चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीहरूले तोकिएकै कलेजमा इन्टर्नसिप गर्नुपर्ने भएको छ । बङ्गलादेशमा चिकित्साशास्त्र शिक्षा अध्ययन गरेर इन्टर्नसिप पुरा गर्न नपाएका नेपाली विद्यार्थीहरूले तोकिएकै कलेजमा इन्टर्नसिप गर्नुपर्ने भएको हो ।

ती विद्यार्थीहरूले सोही कलेजले तोकेका मेडिकल कलेजमा नै आफ्नो इन्टर्नसिप पूरा गर्नुपर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

एमबीबीएस, बीडीएस कार्यक्रममा अध्ययनरत नेपाली विद्यार्थीहरूले तोकिएको कलेजमा नै इन्टर्नसिप पूरा गर्नुपर्ने भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बङ्गलादेशस्थित सम्बन्धित मेडिकल कलेजहरूको धारणा माग गरेको थियो । त्यसपछि बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश सरकारले सम्बन्धित निकायमा समन्वय हुँदा बङ्गलादेशका विभिन्न मेडिकल कलेजहरूमा अध्ययनरत विद्यार्थीहरूले सोही कलेजले तोकेका मेडिकल कलेजमा नै आफ्नो इन्टर्नसिप पुरा गर्नुपर्ने व्यहोरोका पत्र पठाएका थिए । शिक्षा मन्त्रालयले सोही आधारमा सम्बन्धित विद्यार्थीहरूको इन्टर्नसिप सम्बन्धित मेडिकल कलेजले तोकेको कलेजमा मात्रै इन्टर्नसिप हुने बताएको हो ।

बङ्गलादेशमा कोटा विरोधी प्रदर्शन हुँदा चिकित्सा शिक्षा अध्ययन गर्न पुगेका नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका छन् । एमबीबीएस तथा बीडीएस तहको अध्ययन पुरा गरेका तर, इन्टर्नसिप गर्न नपाएका विद्यार्थीहरूले नेपालमै इन्टर्नसीपको माग गर्दै आएका थिए ।

विद्यार्थीहरूले राखेका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले परराष्ट्र मार्फत बङ्गलादेशस्थित सम्बन्धित सम्बन्धित विश्वविद्यालय तथा कलेजहरूको धारणा माग गरेको थियो । त्यसपछि सम्बन्धित विश्वविद्यालयले तोकेको कलेजमा मात्रै इन्टर्नसिप पूरा गर्नुपर्ने बताएको हो ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0