काठमाडौँ । उपसभामुख इन्दिरा राणा मगरबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको छ ।

बैठक पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा जारी रहेको सांसद सुदन किरातीले जानकारी दिए ।

नेताहरूका अनुसार बैठकमा उपसभामुखलाई हटाउने सत्ता पक्षको तयारीका बारेमा छलफल हुनेछ ।

यस्तै बैठकमा समसामयिक राजनीति, संसदमा माओवादीको भूमिका लगायत विषयमा पनि छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0