काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ ।

केहीबेर अघिदेखि केन्द्रीय कार्यालय च्यासलमा बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको र त्यही कार्ययोजनालाई अन्तिमरुप दिन आज बैठक बस्न लागेको बताइएको छ ।

आजको बैठकमा वार्षिक कार्ययोजना र तत्कालीन संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङ केन्द्रीय स्मृति प्रतिष्ठान निर्माणको विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0