बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको विकासका लागि व्यवसायीकरण र यान्त्रिकीकरण आवश्यक रहको बताएका छन् ।

बिपी चिन्तन प्रतिष्ठान लुम्बिनी प्रदेशले दाङको लमहीस्थित पृथु टेक्निकल कलेजमा शुक्रबार आयोजना गरेको नेपालमा कृषि क्रान्ति, सम्भावना र चुनौती विषय बिचार गोष्ठीमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले व्यवसायीक कृषिका लागि कार्यक्रमहरू अघि बढाएको बताए ।

उनले कृषिमा युवा पुस्ता आकर्षित हुन नसक्नु समस्या रहेको बताउँदै राजनीतिक दलहरूले अब स्वदेशमै अवसरहरूको सृजना गर्नेगरी नीतिगत भूमिका बढाउनुपर्ने धारणा राखे ।

प्रदेश सरकारले कृषि क्षेत्रको विकास गर्न नव प्रवर्तनका योजनाहरू अघि बढाएको बताउँदै उनले कृषिलाई उद्यम र उद्योगको रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले अब राजनीतिक दलहरूले युवालाई स्वदेशमा उद्यम गर्न प्रेरित गर्नुपर्ने र सोही अनुसार कार्यक्रम निर्माण गर्नु आवश्यक रहेको बताए ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0