३० भदौ, काठमाडौं । सशस्त्र युद्धमा बालबालिकाको प्रयोगलाई युद्ध अपराध घोषणा गर्न माग गर्दै परेको रिटलाई सर्वोच्च अदालतले अग्राधिकार दिएको छ ।

अधिवक्ता डा. ज्ञान बस्नेत र श्यामकृष्ण मास्केले २०५२ फागनुदेखि ३ मंसिर २०६३ सम्म माओवादी नेतृत्वमा भएको सशस्त्र युद्धमा बालबालिकाको प्रयोग भएको भन्दै त्यसलाई युद्ध अपराध घोषित गरी संलग्नलाई कारबाहीको माग गर्दै २८ भदौमा रिट दायर गरेका थिए ।

आइतबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले यो रिट राष्ट्रिय महत्वको भएकाले अग्राधिकारमा राख्न आदेश जारी गरेको हो ।

रिट निवेदकले आन्दोलन वा कुनै राजनीतिक परिवर्तनको नाममा भविष्यमा कसैले पनि बालबालिकालाई प्रयोग गर्ने आँट नगरुन् भनेर युद्धमा बालबालिकाको प्रयोगलाई युद्ध अपराध घोषणा गर्न माग गरेको बताएका छन् ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0