काठमाडौँ । सभामुख देवराज घिमिरे र राष्ट्रिय दलका प्रमुख सचेतकहरूको छलफल सुरु भएको छ । छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकहरू सहभागी छन् ।

नेकपा माओवादी केन्द्रले सदन अवरोध गर्ने बताएपछि संसद् बैठक अघि सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् ।

आज प्रतिनिधिसभा बैठक अगाडी हिंसा शब्दमा माओवादीले जनाएको आपत्तिको विषयलाई सहमतिमा टुङ्गोमा पुर्‍याउने सभामुखको तयारी छ ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0